नेपाल आउने तयारीमा एसयूभी पन्चको इलेक्ट्रीक भर्सन, यस्ता छन्  भेरियन्ट र फिचरहरु

३ महिना अगाडि

काठमाडौं- टाटाले आफ्नो चर्चित माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन भारतमा भोलि सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्नुअघि नै यसको भेरियन्ट र फिचरहरु बाहिर आएका छन् ।

टाटा पन्च ईभीलाई भारतमा जनवरी अन्तिमबाट डेलिभरी गर्ने कम्पनीले जनाएको छ । पन्च ईभी विभिन्न ४ भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले नेक्सनको जस्तो मिड रेन्ज र लङ रेन्ज नभनेर यसलाई अलगै नाम दिएर ल्याउने भएको हो ।

पन्चलाई कम्पनीले स्मार्ट, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस भेरियन्टमा ल्याउन लागेको हो । यी सबै भेरियन्ट धेरै मानेमा पृथक रहने छन् । सुरक्षाको लागि एयरब्याग भने सबै भेरियन्टमा समान ६ वटा रहने छ ।


स्मार्ट भेरियन्ट

पन्च ईभीको स्मार्ट भेरियन्टमा २५ किलोवाटको ब्याट्री रहने छ । साथै, एलइडी हेडल्याम्प, प्याडल सिफ्टर सहितको मल्टी मोड रिजेन, इएसपी जस्ता फिचर यसमा पाइने छ । ठ्याक्कैभन्दा स्मार्ट भेरियन्ट इन्ट्री लेभल मोडल हो । यसमा सामान्य फिचर छन् ।

एड्भेन्चर भेरियन्ट

एड्भेन्चर भेरियन्ट दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । २५ किलोवाट आवर र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन एड्भेन्चर भेरियन्टमा पाइन्छ । यसका अलावा क्रुज कन्ट्रोल, फगल्याम्प, ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले पाउन सकिन्छ ।

यहि भेरियन्टको ३५ किलोवाट आवरको ब्याट्री भएको भेरियन्टमा भने अटो होल्ड सहितको इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, गियर कन्ट्रोल नव पाइन्छ । साथै, अप्सनल रुपमा सनरुफ पनि यो भेरियन्टमा उपलब्ध हुनेछ ।

इम्पावर्ड भेरियन्ट

एड्भेन्चरमा उपलब्ध फिचरको अलावा इम्पावर्ड भेरियन्टमा १६ इन्चको डायमण्ड कट अलोय ह्वील, एयर प्यूरिफायर, अटो फोल्ड ओआरभीएमएस, ७ इन्चको डिजिटल क्लष्टर दिइएको छ ।

२५ / ३५ किलोवाट आवरको दुबै ब्याट्री अप्सनमा आउने यो भेरियन्टमा एसओएस फङ्गशन, १०।२५ इन्चको हर्मनको इन्फोटेन्टमेन्ट सिस्टम, अप्सनल सनरुफ, ड्यूल टोन बडी कलर अप्सन पाउन सकिन्छ ।

इम्पावर्ड प्लस भेरियन्ट

टाटाले इम्पावर्ड प्लस भेरियन्टमा पनि दुई ब्याट्री अप्सन नै अफर गरेको छ । साथै इम्पावर्ड भेरियन्टमा रहेका फिचरमा लेदर सिट, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटरिङ, भ्यान्टिलेटेड फ्रन्ट सिट, आर्कड डट ईभी एप स्वीट, वायरलेस स्मार्टफोन चार्जर थप पाउन सकिन्छ ।

३ महिना अगाडि

प्रतिक्रिया