अपर तामाकोशी हाइड्रोपावरको गोप्य शिल्ड टेन्डर आज खोलिदै

शुक्रबार, ०५ माघ २०८०, ०८ : ३८

काठमाडौँ-  अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको बोलपत्र (गोप्य शिल्ड टेन्डर) आज खोलिने भएको छ । 

कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको सेयर गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म बिक्रीमा राखिएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता  सर्वसाधारण सेयरको बोलपत्र आज खोलिने भएको हो । 

कलपोखरीमा रहेको रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको प्रधान कार्यालयमा बिहान ९.३० बजे खोलिने छ । 

शुक्रबार, ०५ माघ २०८०, ०८ : ३८

प्रतिक्रिया