सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, ०५ माघ २०८०, ११ : २६

काठमाडौं- शुक्रवार नेपाली बजारमा  सुनको मूल्य बढेको छ ।

हिजो प्रतितोला १ लाख १७ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार, ०५ माघ २०८०, ११ : २६

प्रतिक्रिया