नङ पाल्दा रोगको खतरा! नङको उपयोगिता के छ ?

कात्तिक २३, २०७६ | आजको अर्थ
ajaako_artha

हामी सोच्छौं, यसले हातको सौन्दर्य बढाउँछ । नङको आकर्षण हातको सौन्दर्यसँग जोडिएको छ । तर, यो सानो अंग स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । त्यसैले नङलाई केवल सौन्दर्यका लागि मात्र होइन स्वास्थ्यका लागि पनि हेरविचार गर्नुपर्छ । नङको खास ख्याल राख्नुपर्छ । यसो सोझो असर हाम्रो स्वास्थ्यमा पर्छ ।

लामो नङ
कतिपयको लामो नङ पाल्ने सौख हुन्छ । तर, यो ठीक होइन । नङ छोटो नै हुनुपर्छ । यसकारण कि लामो नङमा फोहोर जम्मा हुने र ब्याक्टेरिया जन्मने खतरा हुन्छ । तर, नङ काट्दा ध्यान पुर्‍याउनुपर्छ कि यसको मूल आकार नष्ट नहोस ।

टुक्रिन नदिने
मौसम परिवर्तन हुँदा नङ चाँडै टुटफुट हुन्छ । चिसो हावामा आर्दताले गर्दा नङ सुक्न थाल्छ र यही कारण नङ कडा हुन्छ । त्यसैले यो टुक्रिन पनि सक्छ । त्यसैले चिसो मौसममा नङलाई टुक्रिनबाट जोगाउनुपर्छ ।

नेलपेन्टको प्रयोग
लामो समयसम्म नङमा नेलपेन्ट लगाउँदा पनि नङ टुट्ने सम्भावना हुन्छ । यदि एक हप्ताभन्दा बढि समयसम्म नङमा नेलपेन्ट लगाएर राख्नुभयो भने नङको रुप बिग्रिन्छ र कमजोर पनि हुन्छ । त्यसैले नङमा लगाएको पोलिस एक हप्ताभित्रै मेटाउनुपर्छ ।

पञ्जा लगाउने
नङमा जम्मा भएको फोहोरका कारण पनि नङ कमजोर भएर टुक्रिन्छ । जाडोमा पञ्जा लगाएर आफ्नो नङलाई बचाउन सकिन्छ । भाँडा माझ्दा वा सरसफाई गर्दा नङमा फोहोर धेरै बस्छ । त्यसैले यस्ता काम गर्दा पञ्जा अवश्य लगाउनुपर्छ ।

मोइस्चराइजर लगाउने
मोइस्चराइजर क्रिमको प्रयोग त्वचामा मात्र नभएर नङमा पनि गर्न सकिन्छ । जतिपटक हात सफा गरिन्छ, त्यतिपटक मोइस्चराइजर लगाउन नभुलौ । नङ र यसका कुनाहरुमा कोल्ड क्रिमले मसाज गर्नुस र लगाएर केही समय त्यतीकै रहन दिने । त्यसपछि चिसो कपासले आफ्नो हात सफा गर्नुपर्छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८६११५.४६
European Euro१२६.२५१२६.९१
UK Pound Sterling१४७.५११४८.२९
Swiss Franc११६.१४११६.७५
Australian Dollar७७.९२७८.३२
Canadian Dollar८६.५९८७.०४
Singapore Dollar८४.२५८४.६९