काठमाडौं - नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित दाङका सबै अस्पतालहरुमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प भए पछि विरामीहरु मर्कामा परेका छन् । राप्ति प्रादेशिक अस्पतालमा सेवा लिन पुगेका विरामीहरु अस्पताल भित्र प्रवेश गर्दा सुनसान देखेपछि अन्योलमा परिरहेको देख्न सकिन्छ । यस्तै सोधपुछ कक्षमा समेत कुनै कर्मचारी नहुँदा झनै अन्योलता देखिएको छ ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्लो मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ–संगठनहरूसँगको छलफलपछि देशभर आन्दोलनको कार्यतालिका तय गरेको हो ।
प्रतिक्रिया