त्रिशूली नदीमा एक पुरुषको शव फेला, रसुवामा आएको बाढीले ल्याएको आशंका

विहीबार, २६ असार २०८२, १५ : ४५

चितवन- यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५र५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । 

उक्त शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
 

 
विहीबार, २६ असार २०८२, १५ : ४५

प्रतिक्रिया