काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप ७ देशमा नयाँ ट्यारिफ लगाउने घोषणा गरेका छन्।
ट्यारिफ लगाउने भनिएको देशहरुको सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई समावेश छन्।
ट्रम्पले यी देशका नेतालाई पठाएको पत्र पनि सार्वजनिक गरेका छन्। जसमा अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत ट्यारिफ लगाउनेछ। यस्तै मोल्डोभा र ब्रुनाईमा २५ प्रतिशत र फिलिपिन्समा २० प्रतिशत ट्यारिफ लगाउनेछ ।
ट्रम्पले आफ्नो पत्रमा लेखेका छन्,– ‘यदि कुनै देशले अमेरिकामा ट्यारिफ लगाउँछ भने अमेरिकाले पनि त्यही अनुपातमा ट्यारिफ लगाउनेछ।’ उनले यो निर्णय दुई देशबीचको सम्बन्धका आधारमा पनि परिवर्तन गर्न सकिने बताएका छन् ।
यसअघि अमेरिकाले १४ देशमा एकैसाथ ट्यारिफ लगाउने घोषणा गरेको छ ती देशहरुलाई लगाएको ट्यारिफ पनि अगस्ट १ देखि नै सुरु हुनेछन् । – एजेन्सी
प्रतिक्रिया