नेपाल अघिअघि श्रीलंका पछिपछि, कुन देशको कति मेडल (अंकतालिका)

४ बर्ष अगाडि

काठमाडौँ – दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले २० स्वर्ण, ४ रजत र ९ कास्यसहित ३३ पदक प्राप्त गरेको छ । 

यस्तै श्रीलंकाले ४ स्वर्ण, १० रतज र १५ कास्य गरी २९  पदक प्राप्त गरेको छ । 

यसैगरी भारतले ६ स्वर्णसहित ११ रजत र ४ कास्य गरी २१ पदक हासिल गरेको छ  भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ८ कास्यसहित १४ पदक प्राप्त गरेको छ । 

यसैगरी बंगलादेशले १ स्वर्ण, रजत २ र १७ कास्यसहित २० पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ । 

यता माल्दिभ्स भने अहिलेसमम् १ कास्य मात्र जितेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया