सस्ताे भाडा पर्ने दुई हेलिकोप्टर भित्र्याउँदै सिम्रिक एयर

४ बर्ष अगाडि

सिम्रिक एयरले उद्धारका लागि प्रयोग हुने दुईवटा हेलिकोप्टर थप गर्ने भएको छ । 

सिम्रिकले दुर्घटना, सुत्केरी महिलाको उद्दार र प्राकृतिक विपत्तिका बेला प्रयोग गर्न मिल्ने गरी बेल कम्पनीका जेट रेन्जर हेलिकोप्टर थप्न लागेको हो । 

अहिलेसम्म बेलको जेट रेन्जर नोपलमा नभएकोले सिम्रिकले पहिलो पटक नेपालमा भित्र्याउने छ । 

क्यानडामा बनेका अमेरिकी ब्राण्डका यी हेलिकोप्टर भित्र्याउन लागिएको कम्पनीका महाप्रवन्धक प्रेम थापाले जानकारी दिए ।

उनका अनुसार ति हेलिकोप्टर आगामी जनवरीभित्रै नेपाल आइसक्ने छन् । 

ति हेलिकोप्टरमा पाइलट र ४ जना यात्रु बस्न मिल्ने सिट क्षमता हुने छ । 

साना हेलिकोप्टरको भाडा सस्तो पर्ने र अर्कोतर्फ बिरामी राख्न सजिलो हुने गरी यी हेलिकोप्टरको डिजाइन गरिएकोले ति हेलिकोप्टर भित्र्याउन लागिएको थापाले बताए । 

नयाँ त्रित्र्याउन लागिएका हेलिकोप्टरको औसत मूल्य रु १६/१७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया