ऋण नतिर्नेमा ३ नम्बर प्रदेश अगाडी, ४१ प्रतिशतले तिरेनन ऋण

४ बर्ष अगाडि

बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएर समयमै नतिर्नेमा ३ नम्बर प्रदेश सबैभन्दा अगाडी देखिएको छ । 
वित्तिय संस्थाले ऋण तिर्न ताकेता र धितो लिलामका लागि निकालेको सुचनाको आधारमा यस्तो तथ्याङ्क फेला परेको हो । 

तथ्याङ्क अनुसार समयमै ऋण नतिर्ने मध्ये ३ नम्बर प्रदेशमा ४०.९ प्रतिशत रहेका छन ।
मंसिर ८ आईतबार देखि यता पाँच वटा राष्ट्रिय दैनिकमा प्रकाशित सुचना अनुसार गत साता १७६ जना विरुद्ध बैंक तथा सरकारी संस्थाहरुले ऋण तिर्न र लिलामीको सुचना प्रकाशित गरेका थिए ।
आजको अर्थले गरेको एक साताको अध्ययन अनुसार ३ नम्बरका ७२ जनाले समयमै ऋण तिरेका छैनन् । उनीहरु ललितपुर, काठमाडौं, दोलखा, चितवन, हेटौडा, भक्तपुर, धादिङ्ग, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्गबाट छन् ।  

यस्तै समयमै ऋण नतिर्ने ऋणी मध्ये २ नम्बर प्रदेश दोश्रो छ । २ नम्बर प्रदेशमा १८.१८ प्रतिशतले समयमै ऋण तिरेका छैनन् । २ नम्बर प्रदेशको बारा, रौतहट, सर्लाही, पर्सा, सिराहा, महोत्तरीबाट २९ जनाले बैंकको ऋण समयमा तिरेका छैनन् । 
एक सातामा ऋण तिर्न र धितो लिलामका लागि सूचना जारी नै गर्नुपर्नेमा प्रदेश नं. १ का ३२ जना छन् । १ नम्बर प्रदेशका सोलुखुम्बु, झापा, पाँचथर, ओखलढुंगा, इलाम, मोरङ्ग, उदयपुर, भोजपुर, धनकुटा, सुनसरी जिल्लाका ऋणीलाई बैंकहरुले सूचना जारी गरेर ऋण तिर्न भनेको छ । यो कुल ऋणीहरुको संख्याको १८.१८ प्रतिशत हो । 

गण्डकी प्रदेशको नवलपरासी (पूर्व), स्याङ्गजा, काँस्की, पर्वत, तनहुँका १३ जनाले, ५ नम्बर प्रदेशको गुल्मी, पाल्पा, दाङ्ग, बर्दिया, रुपन्देही, अर्घाखाँची, कपिलवस्तुबाट १८ जनाले ऋण तिर्न बाकी छ । त्यस्तै कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यानबाट ३ जना छन । यो ऋण तिर्न बाकी सबैभन्दा कम संख्या हो । १.७० प्रतिशत ऋणीहरुलाई बैंक तथा वित्तिय संस्थाले ऋण तिर्न ताकेता गरेको छन ।
सुदुरपश्चिम प्रदेशको बैतडी, कैलालीबाट ९ जनाले समयमा ऋण नतिरेको सूचना एक साताको अवधिमा प्रकाशित छ । यो कुल संख्याको ५.११ प्रतिशत हो ।
बैंक तथा वित्तिय संस्थाले ऋण तिर्न ३५ दिने र लिलामीको लागी १५ दिने सुचना प्रकाशित गर्ने गर्दछन् । 

भौगोलिक हिसाबले ऋण लिएर समयमै नतिर्नेमा तराई अगाडी देखिएको छ ।
एक साताको अध्ययन अनुसार तराई क्षेत्रका ऋण नतिर्ने ४९.४ प्रतिशत रहेका छन। यस्तै समयमै ऋण नतिर्ने ऋणी मध्ये पहाडी क्षेत्रमा ४६.६ प्रतिशत रहेका छन । सबैभन्दा कम हिमाली क्षेत्रमा ४.०४ प्रतिशत ऋण तिरेका छैनन् ।
एक साताको अवधिमा विभिन्न बैंक तथा सहकारी सस्थाहरुले ऋण लिने तर समयमै नतिर्ने तराई क्षेत्रका ८७ जना विरुद्ध ऋण तिर्न ताकेता र धितो लिलामको सूचना प्रकाशित गरेका छन । 
त्यस्तै पहाडी क्षेत्रका ८२ र  हिमाली क्षेत्रका ७ जना विरुद्ध यस्तो सुचना प्रकाशित छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया