पैसा नपाएको रीसमा ठेकेदारले भत्काए सडक

४ बर्ष अगाडि

ठेक्काबापतको रकम नपाएपछि गुल्मीका एक निर्माण व्यवसायीले सडक भत्काइदिएका छन् । 

कालीगण्डकी गाउँपालिका–२ को आर्बेनी देखि देउराली हुँदै भयकोट जाने सडक ठेकेदारले डोजर लगाएर भत्काएका हुन हुन् ।

निर्माण व्यवसायी कूलप्रसाद न्यौपानेले गाउँपालिकाले लामो समयसम्म रकम भुक्तानी नगरेको भन्दै सडक भत्काइदिएको बताएका छन् । 

सडक भत्काएको कारण हिँजो दिनभर पैदल हिँड्न समेत कठीन भएपछि राती आफैले मर्मत गरेका थिए । 

आफ्नो पैसाको लागि जनतालाई समस्या पार्ने ठेकेदारको स्थानीयले चर्को आलोचना गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया