आज यी राशिको सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्ने, अरुको दिन कस्तो ?

मंगलबार, १७ असार २०८२, ०७ : ००

वि.सं.२०८२ साल आषाढ १७ गते । मंगलबार । ईश्वी सन् २०२५ जुलाई १ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–षष्ठी, १८ घडी ८ पला, दिउसो  १२  बजेर २८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पूर्वाफाल्गुनी, १६ घडी ५ पला, बिहान ११ बजेर ३९ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–व्यातिपात, ३८ घडी २ पला, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त वरियान । करण–तैतिल, दिउसो १२ बजेर २८ मिनेट उप्रान्त गर, रातको १२ बजेर ५५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह, बेलुकी ६ बजेर १ मिनेट उप्रान्त कन्या । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी ३२ पला ।  

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार तथा शेयरबजारमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । तर पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग, व्यापार तथा शेयरबजारका लगानी फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडराई अगाडी बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) असजिलो परिस्थिति हरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतेले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तर पनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरूभन्दा अगाडी बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार, शेयर बजारको लगानी फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मान सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको समय फलदायी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र,  मन पर्ने तथा बिलासी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरूपी निकास दिने सहमति जुट्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । साँझपख नयाँ योजना बनाई पछिसम्म आम्दानी हुने काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुनेछ । व्यापार तथा शेयरबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

 
मंगलबार, १७ असार २०८२, ०७ : ००

प्रतिक्रिया