काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डिपी अर्यालमाथि भिटि भिसा प्रकरणको अनुसन्धान गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको छ । युवराज पौडेल(सफल)ले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरीकर्ता पौडेलले भिजिट भिसामा गएर फर्किएको/नफर्किएको पत्ता लगाएर कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।
सुमिरे टुर्स एण्ड ट्राभल्सका सञ्चालक समेत रहेका अर्यालबारे शनिबारको संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले पनि प्रश्न उठाएका थिए ।
त्यसबारे आइतबार स्पष्टीकरण दिँदै अर्यालले सुमिरे ट्राभल्स आफ्नो रहेको र भिजिट भिसामा विदेश पठाउने गरे पनि सबै फर्किएको बताएका थिए ।
प्रतिक्रिया