आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलायो

५ बर्ष अगाडि

मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित  आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ । 
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्।  
यता चिकित्सक संघले भने वार्तामा बोलाए पनि माग सम्बोधन नभएसम्म आन्दोलनका नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।  
नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र  बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ ।  भदौँ १ देखि १५ गते सम्म सरकारलाई समय दिँदा पनि कुनै प्रगति नभएको कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया