भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वल नियुक्त

असार १४, २०७७ | आजको अर्थ
ajaako_artha

भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् ।  यही असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार सोही मिति देखि लागु हुने गरि उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाण्डौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रम्ह स्र्पोट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकैनै राम्रा खेलाडीमा गनिन्थे ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८