आज १० करोडको ट्रेजरी बिल बोलकबोल हुँदै

असार १५, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं –  नेपाल राष्ट्र बैंकले रू. १० करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज बोलकबोल भएर भोलि ट्रेजरी बिल इस्यु हुने बताइएको छ । 

राष्ट्र बैंकले ९१ दिनका लागि सो बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।  

सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ ।  यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ । यद्यपि, नेपालमा २८ दिने ट्रेजरी बिल निष्काशन हुने गरेको छैन ।

ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन् । उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ ।

साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ । कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू. १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन् ।

तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८