गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ ।
घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको छ ।
घटना स्थलमा प्रहरी जाँदै गरेको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।
त्यस्तै रुपन्देहीमा तिनाउ नदीमा २ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियारी गाउँपालिका ३ जगहताका गोपालमणि चौधरीकी ६ वर्षीया छोरी ज्योति चौधरी र बुटवल उप-महानगरपालिका वार्ड नं.-११ झोलुङगेपुलबाट १९ वर्षका हरि दर्जी बेपत्ता भएका हुन्।
चाैधरी मामाघरकी हजुरआमासँग बाख्रा चराउन गएको अवस्थामा र दर्जी तिनाउ नदीमा पौडी खेल्दा बेपत्ता भएकाेले खोजतलास जारी राखेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया