जसिन्द्र श्रीपाली

नेपालमै पहिलो पटक ९३ वर्षको उमेरमा मुटुको सफल उपचार, यस्तो छ डा.के.सी.को अनुभूति

३ महिना अगाडि

काठमाडौं - काभ्रे घर भएकी ९३ वर्षीय बेल कुमारी श्रेष्ठलाई अचानक छाती दुख्यो , परिवारका सदस्यलाई बुढ्यौली लागेर होला भन्ने लागेर केही समय सामान्य निगरानी गरे तर ९३ वर्षीय श्रेष्ठलाई झन् झन् गाह्रो हुँदै गयो केही बेरमा उनको बोली नै बन्द हुने अवस्थामा पुग्यो । 

बेलकुमारी श्रेष्ठलाई निको हुने कुनै सुरसार नदेखिएपछि परिवारलाई चिन्ता लाग्न थाल्यो त्यसपश्चात् परिवारको सहयोगमा हतार हतार उनलाई माघ ११ गतेका दिन साँझ बाँसबारी स्थित गङ्गालाल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो । 

परिवार र डाक्टरसँग सुरुदेखि नै छाती दुख्यो भनेर भनिरहेकी श्रेष्ठलाई आकस्मिक कक्षमा उपचार गर्दा मुटुको चाल र दाहिने भागको नसा पुरै  बन्द भएको डाक्टरले निष्कर्ष परिवारलाई सुनाए । त्यसपछि परिवारले समेत श्रेष्ठले एक दिन अगाडिबाटै मुटु दुख्यो भनेर आफूहरूसँग भनेको कुरा उपचारमा संलग्न डाक्टरको समूहलाई सुनाए । 

मुटुको चाल बन्द भएको थाहा भएसँगै गङ्गालाल अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर  सञ्जय सिंह के.सी को नेतृत्वमा गति बन्द भएको मुटुको दाहिने नसा नै प्राईमेरी
एंजियोप्लास्टी गरेर तत्काल बन्द भएको नसालाई उपचार गरी श्रेष्ठको श्वासप्रश्वासमा सहज बनाइयो । 

मुटु रोग विशेषज्ञ डा. सञ्जय सिंह आफ्नो अनुभूति सुनाउँदै भन्छन् यो मेरो लागी पनी परीक्षणको समय थियो , किनकि सामान्यतया उमेर बढी भएका मान्छेसँग एउटा मात्रै रोग हुँदैन उमेर सकिँदै जानु भनेको रोगहरू बिस्तारै बढ्दै जानु पनी हो त्यसमाथि ९३ वर्षीय आमासँग कति प्रतिरक्षा क्षमता होस् मलाई विश्वास कम निराशा बढी लागिरहेको थियो तर अन्ततः हामी सबै सफल भयौ । 

यसरी ९३ वर्षको उमेरमा मुटुको सफल शल्यक्रिया भएको यो सायद नेपालमै पहिलो घटना हो । डा. सिंह भन्छन् हृदयघाट भएर आएकी आमाको अनुहारमा अहिले चमक छ । परिवारमा खुशी फर्किएको छ उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको छ हामीले अपेक्षा गरेभन्दा राम्रो ढङ्गले सुधार भएको छ ।

यही रफ्तारमा सुधार देखियो भने हामी भोलीसम्म उहाँलाई सामान्य वार्डमा सार्ने सोचिरहेका छौ ।  मुटुको उपचार गर्नु आफैमा जटिल विषय हो , मेरो पेसागत यात्रामा मैले यो किसिमको अनुभूति गर्न पाएको थिएन, यो सफलताले हाम्रो टिमलाई समेत हौसाएको छ डा. सिंहले भने । 

३ महिना अगाडि

प्रतिक्रिया