विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा

१ हप्ता अगाडि

काठमाडौं - काठमाडौं उपत्यका ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा  दोस्रो स्थानमा छ। 

काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८७ छ। देशका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको छ । पानी नपरुञ्जेल प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै पश्चिमी वायुको आशिंक प्रभावले तापक्रमको मात्रा भने कम भएको छ। 
 

१ हप्ता अगाडि

प्रतिक्रिया