लाभांश प्रस्ताव पारित गर्न  सनलाइफको साधारण सभा बस्दै

१ हप्ता अगाडि

काठमाडाैँ - सन नेपाल लाइफले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ १ः.२७ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।  सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज हुनेछ । तसर्थ, वैशाख २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया