गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

३ महिना अगाडि

काठमाडौं- गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता एबं उत्पादक नेपाल ल्यूव आयल लिमिटेडले शुक्रबार काठमाडौंमा रिटेलर मिट सम्पन्न गरेको छ । सुकेधारास्थित डिलर जय मधु गंगा ट्रेडर्ससंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा ५० भन्दा बढि रिटेलरले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक एबं नाडा अध्यक्ष करण चौधरी, नेपाल ल्यूव आयल लिमिटेडका महाप्रबन्धक गङ्गाराज भट्टराई र अटो मेकानिक्स ब्यवसायी संघका पूर्ब अध्यक्ष ठाकुरप्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । नयाँ बिक्रेताका रुपमा काम सुरु गरेपछि पहिलोपटक रिटेलर मिट कार्यक्रम गर्न पाउँदा खुसी लागेको जय मधु गंगा ट्रेडर्सका अध्यक्ष हिरन बुढाथोकीले बताए ।

कार्यक्रममा नेपाल ल्युब आयलका बजार प्रबन्धक जय प्रकाश पञ्जियारले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । वित्त चित्र मार्फत उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने लुब्रिकेन्टको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा रिटेलरहरुलाई गल्फ लुब्रकेन्ट्सको आधिकारिक च्यानल पार्टनर प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो । यस्तो प्रमाणपत्र आफ्ना रिटेलरहरुलाई पनि हस्तान्तरण गर्न सुरु गरिएको प्रबन्धक जय प्रकाश पञ्जियारले जानकारी गराए ।

३ महिना अगाडि

प्रतिक्रिया