‘पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४’ हुने

३ महिना अगाडि

काठमाडौँ- पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४’ हुने भएको छ ।

विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । सो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा कार्यालयदेखि सबैसँग अनुमति लिएर आयोजित साहसिक प्रतियोगिताले यहाँको खेल पर्यटनको विकासमा पनि सहयोग पुग्ने विश्वास लिए । राष्ट्रियस्तरको यो प्रतियोगितामा सुरक्षा चुनौती महत्वपूर्ण रहेकोमा आफूहरु त्यसतर्फ सचेत रहेको उनको भनाइ छ । प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिखेलाडी १७ हजार रुपैयाँ शुल्क लाग्नेछ । खुला र महिला गरी दुई इभेन्टमा खेलाइने प्रतियोगितामा पहिलो दिन खेलाडी छनोट हुने र भोलिपल्ट प्रतियोगिता हुनेछ । खुला र महिला दुवैतर्फ विजेताले जनही १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार प्राप्त गर्ने छ । साथै चौथो र पाँचौंलाई गिफ्ट ह्याम्पर दिइनेछ ।

क्लब अध्यक्ष सोनिक क्षेत्रीले कतिपय युवा रोजगारी अभावमा विदेशिनुपरेको बताउँदै नेपालमै केही नयाँ काम गरेर युवालाई आकर्षित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जनाउँछन् । उनका अनुसार पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो । साइक्लिष्टहरुको हकहितसहित संस्थामार्फत विभिन्न गतिविधि संचालन गर्ने हेतुले साइक्लिष्टहरु हालै एकजुट भएका हुन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणा तयारी रहँदा यो प्रतियोगिताले पनि टेवा मिल्ने क्लब अध्यक्ष क्षेत्रीले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले साहसिक खेलका कारण पोखराको खेल र पर्यटन विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्दै मिडियाको साथै सधैं रहिरहने बताए ।

सो च्याम्पियनसिपमा करिब २९ लाख ५३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, माउन्टेन स्पोर्ट्स फेडेरेसन–नेपाल, राखेप, नेपाल अटोमोबाइल्स एसोसिएसन ९नासा० पोखरा, विभिन्न संघसंस्था लगायत सहयोगी छन्

३ महिना अगाडि

प्रतिक्रिया