तार सर्ट भएर नै आगलागि भएको  एमजीको जिकिर, निकाल्यो अर्को विज्ञप्ती

सोमबार, १५ माघ २०८०, ११ : ०१

काठमाडौं- एमजी जेडएस ईभीमा आगलागि घटनाले ठूलै रुप लिएपछि एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को विज्ञप्ती जारी गरेको छ । गत पुष ९ गते बुढानिलकण्ठको देउवा चोकमा आगालागी हुँदा जेडएस ईभी जलेर नष्ट भएको घटनालाई लिएर अहिले पनि सो ब्राण्डका विषयमा समाचारहरु आइरहेका छन् ।


सञ्चार माध्यममा आएका समाचारलाई खण्डन गर्दै कम्पनीले जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ स्

यस कम्पनीको डिलर मार्फत बिक्रि भएको सवारी साधनमध्ये दर्ता नम्वर बागमती प्रदेश ०१–०२७च १५८१ नम्बरको एमजी जेडएस ईभी मिति २०८०र०९र०९ गते काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागि भई नष्ट भएको घटनालाई लिएर उक्त गाडीको ब्राण्ड र यस कम्पनीको समेत नाम उल्लेख भई विभिन्न संचार माध्यममा प्रकाशित समाचार, सामाजिक संजालमा भएको टिप्पणी प्रति यस कम्पनीलाई गम्भीर ध्यानाकर्षण भई मिति २०८०र०९र१८ मा प्रेस विज्ञप्ती जारी तत्कालिन अवस्थामा भएरपाएको विवरण सबैको जानकारीको लागि सम्प्रेषण गरिएको सर्वविदितै रहेको छ ।

उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ्ग गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार सर्ट भई आगलागि भई पुर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको र बुझिएको भन्ने समेतको व्यहोराको जानकारी सबै सरोकारवालाहरुलाई यस कम्पनीले दिएको नै थियो । तथापि हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा उक्त गाडी धनीको भनाई उदृत गरी सम्प्रेषण भएको समाचारले हामीलाई पुनःध्यानाकर्षण भएकोमा उक्त गाडी धनीले नै उक्त समाचारमा सत्यता नभएको सम्बन्धमा आफ्नो फेसबुकबाट जानकारी गराएको कुरा जानकारी गराउँदछौँ ।

सम्प्रेषण भएको समाचारमा उक्त गाडी कहाँबाट खरिद गरिएको भन्ने सम्बन्धमा अन्यथा उल्लेख गरिएको भएतापनि यस कम्पनीमा रहेको अभिलेख अनुसार उक्त गाडी यस कम्पनीको झापास्थित डिलरबाट मिति २०७८र११र१० मा खरिदरबिक्रि भएको हुँदाउक्त गाडीको प्रथम बिक्रेता यो कम्पनी नभएता पनि उक्त गाडीको आधिकारीक आयातकर्ता कम्पनी भएको हुँदा उक्त गाडी आगलागि हुँदाको वस्तुस्थितीको सम्बन्धमा बुझ्ने र भएको सत्यतथ्य व्यहोरा सबै सरोकारवालालाई जानकारी दिनु यस कम्पनीको कर्तव्य रहेको हुँदा प्रस्तुत प्रेस विज्ञप्ती जारी गरिएको छ ।

प्रकाशित भएको समाचारमा कम्पनीले विज्ञप्ति निकाल्ने समयमा तार शर्ट भएको भन्ने र पीडित युवकले वास्तविक कुरा बाहिर नल्याउने सहमति भएको थियो भन्ने व्यहोराको सम्बन्धमा यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । यस कम्पनीबाट जारी भएको प्रेस विज्ञप्ती तत्कालिन समयमा सधिकार निकायबाट प्राप्त भएको सर्जिमिन र पत्राचारलाई नै आधार मानि जारी गरिएको र सो सम्बन्धमा ग्राहकसँग कुनै पनि सहमति र सम्झौता नभएको समेत यसै प्रेस विज्ञप्ती मार्फत स्पष्ट पार्न चाहन्छौ । यस कम्पनीलाई अनावश्यक लाल्छना लगाई उक्त कुरा उल्लेख भएको भएता पनि वास्तविक रुपमा सो किसिमको सहमती भएकै होइन र त्यस किसिमबाट सहमती गर्नुपर्ने आवश्यकता नै रहेको छैन ।

गाडी धनीले मिति २०८०र०९र०९ गते गाडीमा आगोलागि भएपश्चात तत्कालीन अवस्थामा स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठमा फोन गरी घटनाको बारेमा जानकारी दिँदा नै विद्युतको तार सट भई आगलागी भएको व्यहोरा निजले नै फोनबाट टिपाएको भन्ने स्थापित तथ्य सो मितिमा प्रहरीबाट भएको मिति २०८०र०९र०९ को सर्जिमिन (घटनास्थल मुचुल्का) बाट नै पुष्टि भइरहेको अवस्थामा प्रेस विज्ञप्ती निकाल्ने बखत सृजना गरिएको तथ्य होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।

त्यसैगरी प्रकाशित समाचार अनुसार उक्त गाडीमा आगलागी भएको एक महिना बितिसक्दा पनि कम्पनीले क्षतिपूर्ति नदिएको र ग्राहकलाई यस कम्पनीले एक साताभित्र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको भनी उल्लेख भएकोमा एकातर्फ सम्बन्धीत ग्राहकले यस कम्पनीलाई आजको मितिसम्म क्षतिपूर्ति प्राप्त गर्न कुनै पनि अनुरोध नगरेको र अर्कोतर्फ यस कम्पनीको आधिकारीक व्यक्तिबाट क्षतिपूर्ति दिने सम्बन्धमा कुनै पनि प्रतिबद्धता व्यक्त नगरिएको यथार्थ समेत सबैको लागि जानकारी गराइन्छ ।

आगलागि भएको गाडीको सम्बन्धमा गाडी उत्पादक कम्पनी (एस ए आई सी मोटर इन्टरनेसनल को. लि., चाइना) बाट उक्त घटनाको सम्बन्धमा अध्ययन भइरहेको अवस्था रहेको थियो भने हाल उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन समेत यस कम्पनीलाई उपलब्ध गराएको छ । उत्पादक कम्पनीले गरेको प्राविधिक विश्लेषण तथा अध्ययन पश्चात उक्त आगलागि भएको गाडीमा आगो अगाडीबाट पछाडी तर्फ बलेको, आयल लिकेज र मेकानिकल फेलियर नभएको, उक्त समयमा गाडी पार्क गरी चार्जमा राखिएको अवस्थामा गाडी भित्रबाट आगोलागि हुनको लागि हाई हिट टेम्प्रेचर सोर्स नभएको, इलेक्ट्रिकल फल्टबाट आगोलागि भएको नदेखिएको, गाडिमा एब्नर्मल बर्न र सर्ट सर्किट नदेखिएको, गाडीको ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको, गाडीमा क्पालिटी डिफेक्ट नदेखिएको भन्ने समेत व्यहोराको प्राविधिक प्रतिवेदन पठाएको सबैमा जानकारी गराउन चाहन्छौँ ।

गाडीधनी स्वयम्ले नै तत्कालिन अवस्थामा प्रहरीलाई खबर गर्दा नै विद्युतको तार सट भई आगोलागि भएको भनी फोन मार्फत टिपाएको र सोही बमोजिम चार्जमा राख्दा विद्युतको तार सट भई आगोलागि भएको भन्ने व्यहोराको स्थानीय प्रहरीको स्थलगत सर्जिमिन भएको छ भने उक्त घटना पश्चात यस कम्पनीको प्राविधिक कर्मचारीले गरेको अवलोकनको क्रममा उक्त गाडीका गाडीधनीले हिउँदे सीत परि भुई ओसिलो हुने मौसमको बखत उक्त गाडीलाई रातभरी घरबाट करिब पन्ध्र मिटर तार तानी खुल्ला आकाश मुनी पावर सकेट राखी चार्ज गर्नु भएको र उक्त गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार, पावर सकेट समेत प्रयोग गर्नु भएको नदेखिनुको साथै गाडी पार्किङमा राख्दाबन्दअवस्थामा रहेको, विद्युतरआगोको श्रोतको रुपमाकुनै पनि आन्तरिक यन्त्र नदेखिएको, गाडीको हाई भोल्टेज ब्याट्रीमा कुनै प्रभाव नरहेको तर आगोको कारण क्षति पुगेको र गाडी धनीले चार्ज गर्नलाई तानेको तारमा जोडेको सकेट र चार्जर जलेर पूर्णतः नष्ट भएको समेत वस्तुस्थिती सबैमा यसै विज्ञप्ती मार्पmत जानकारी गराउँदछौँ ।

उक्त सवारी धनीले एकातर्पm बीमा दावीको प्रक्रिया अवलम्बन गर्नु भएकोहुँदा प्रचलित कानुन बमोजिम बीमा वापतको रकम भुक्तानीको प्रक्रियाको थालनी गरेपश्चात यस कम्पनीलाई कुनै दावी नै नगरिएको क्षतिपूर्ति पाइन भनी यस कम्पनीको विरुद्धमा भएको अनर्गल प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साथै गाडी ग्राहकको एकातर्फ बीमा दावी गर्ने र अर्कोतर्फ क्षतिपूर्ति समेत दावी गर्ने भनिएको कार्य आफैमा नैतीकता र कानुन विपरीत रहने कुरामा विवाद रहँदैन ।

सोमबार, १५ माघ २०८०, ११ : ०१

प्रतिक्रिया