दोस्रो एओजी नाइट राइड सम्पन्न

३ महिना अगाडि

काठमाडौँ - नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ,  मृगेन बनर्जी र डीजीएम,  विक्रम पौडेलद्वारा गरिएको थियो ।२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो । 

ओभरनाइट राइडको बारे बोल्दै डा. दिपक कुमार ज्यूले भन्नुभयो, “यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।“कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठद्वारा (होस्ट/अभिनेता/भिजे) विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । रेमन दास श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहनु भएको थियो । राइडका क्रममा उहाँले बाइकको प्रदर्शन र यसको लुक मनपरेको बताउनु भयो ।

जगदम्बा मोटर्स बारे 
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्रआधिकारिक वितरक हो । कम्पनी शंकर समूहद्वारा संचालित छ । शंकर समूह सन् १९७९मा स्थापना भएको हो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामार्झ  लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको।
 

३ महिना अगाडि

प्रतिक्रिया