लुयानले ल्यायो 'पाँचौ बर्ष बिशेष बहार' स्किम

३ महिना अगाडि

काठमाडौँ - चीनमा निर्मित प्रशिद्ध ब्राण्ड लुयानले ‘लुयान, पाँचौ बर्ष बिशेष बहार’ स्किम लागु गरेको छ । कम्पनीले आफ्नो व्यवसायको चौथो बर्ष पुरा गरी पाँचौ बर्ष प्रवेश गरेको खुसीयालीमा उक्त स्किम लागु गरेको हो ।उक्त स्किम यहि माघ १७ गते देखि फाल्गुन ३० गतेसम्म लागु हुने छ । यस स्किम अन्तरगत लुयान विद्युतीय स्कुटर खरिद गर्ने हरेक ग्राहकले नगद खरिदमा रु. १५ हजार नगद छुट, एक बर्षको विमा तथा चालु आर्थिक बर्षको कर एवं एउटा गुणस्तरीय हेलमेट फ्रिमा पाउने कम्पनीले जनाएको छ ।

साथै नियमित जसो ६ पटकसम्मको फ्रि सर्भिस तथा वारेन्टी समेत ग्राहकहरुले पाउनेछन् ।यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीले जानकारी गराएको छ ।विगत ५ बर्षदेखि जिरो इमिसन राइड ९एन० ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ लुयान स्कुटर बिक्रिवितरण गर्दै आइरहेको छ ।

काठमाडौंको नागपोखरीमा नयाँ शोरुम सँचालन

पाँच वर्षमा प्रवेश गरेको अवसरमा लुयान स्कुटरको नयाँ शोरुम काठमाडौंको नागपोखरीमा सञ्चालनमा आएको छ । नागपोखरीबाट उत्तरढोका जाने सडकमा उक्त शोरुम रहेको छ ।

३ महिना अगाडि

प्रतिक्रिया