हिरोको पहिलो इलेक्ट्रीक मोटरसाइकलको  ‘प्रोटोटाइप’ सार्वजनिक

३ महिना अगाडि

काठमाडौं- भारतीय मोटरसाइकल ब्राण्ड हिरोले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको ‘प्रोटोटाइप’ सार्वजनिक गरेको छ । कम्पनीले आजबाट भारतमा सुरु भएको ‘भारत मोबिलिटी एक्स्पो २०२४’मा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल भीडाको कन्सेप्ट देखाएको हो ।

हिरोको भीडा इलेक्ट्रीक सिरिज अन्तर्गत निर्माण हुने यो मोटरसाइकल विषेश गरी अफरोडिङ्ग डर्ट सेग्मेन्ट तयार हुनेछ । कम्पनीले यसलाई हार्डकोर डर्ट मोटरसाइक सेग्मेन्टमा ल्याउने छ ।

यसमा ठूलो ब्याट्री प्याकसँगै पावरफुल मोटरको सेटअप हुने अनुमान गरिएको छ । त्यसकै सहायताले अफरोड यात्रामा पनि ढुक्कसँग यसलाई चलाउन सकियोस् । यस मोटरसाइकलमा ‘प्रेटी नेरो फिनिस’का साथ कम्प्याक्ट रियर भाग, कर्नर साइडमा भीडाको ब्राडिङ लोगो, फ्ल्याट सीट, वाइड ह्यान्डलबार, स्पेक फ्रन्ट र प्mलोटिङ फ्रन्ट फेन्डर रहने छ ।

मजबुत ब्रेकिङका लागि दुबै टायरमा डिस्क ब्रेक सिस्टम दिइने यस इलेक्ट्रीक मोटरसाइकलमा अफरोडिङका लागि उत्कृष्ट टायर, हाई ग्राउन्ड क्लीयरेन्स, बिफी फ्रन्ट फर्क र रियरमा मोनोसक तथा स्पोक ह्वील रहने छ ।

हिरोले भारत मोबिलिटी एक्स्पोमा देखाएको यो इलेक्ट्रीक मोटरसाइकल एक प्रोटोटाइप मोडलको रुप हो । यसमा के–कस्ता फिचरहरु रहनेछन्, यसको पावर पर्फमेन्सका बारेमा कम्पनीले कुनै पनि जानकारी दिएको छैन ।

३ महिना अगाडि

प्रतिक्रिया