हुन्डाईकोको माइक्रो एसयूभी एक्सटरको बुकिङ खुल्ला

३ महिना अगाडि

काठमाडौं- हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो माइक्रो एसयूभी एक्सटरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नाडा अटो शो २०२३ मा देखाएको एक्सटर फेब्रुअरीमा लन्च गर्ने तयारी गरेसँगै बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले विभिन्न तीन भेरियन्टमा नेपाल ल्याउने गरी एक्सटरको बुकिङ खुल्ला गरेको छ । जसमा  EX,S र SX भेरियन्ट नेपाल आउने छ । कम्पनीले विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध गराउने ई भेरियन्टको मूल्य ३४ लाख ९६ हजार, एस भेरियन्टको ४० लाख ९६ हजार र एसएक्स भेरियन्टको ४४ लाख ९६ हजार मूल्य तोकेर बुकिङ खुल्ला गरेको हो ।

हुन्डाईले एक्सटरलाई ‘थिङ्क आउटसाइट, थिङ्क एक्सटर’ स्लोगनसहित नेपाल ल्याउने छ । बढ्दो एसयूभी क्रेजलाई सम्बोधन गर्न उत्पादन गरेको एक्सटरमा स्पोर्टी ब्ल्याक रुफरेल र डायनामिक ब्ल्याक रियर स्पोइलर दिइएको छ । त्यहि कारण यो निकै स्पोर्टी छ ।

‘इन्डियन कार अफ दी इयर २०२४’ अवार्ड जित्न सफल एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । एक्सटरलाई क्रुज कन्ट्रोल, स्टायण्डर्ड भेरियन्टमा नै ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ ।

३ महिना अगाडि

प्रतिक्रिया