अमोडा ई-५ गाडी नेपालमा सार्वजनिक

३ महिना अगाडि

काठमाडौँ - व्यवसायिक घराना शारडा ग्रुपले चीननिर्मित चारपाङ्ग्रे विद्युतीय कार ‘अमोडा ई-५ ईभी लङ रेञ्ज’ बिक्री थालेको छ ।नारायणहिटी दरबारको उत्तरढोका नजिकै नयाँ शोरूम खोलेर शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले शुक्रबार अमोडा कार लञ्‍च गरेको हो । कम्पनीले गाडीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ राखेको छ ।

९९ किलोवाट क्षमताको मोटरपावर रहेको अमोडा ई-५ ईभी लङ रेञ्जले ३४० एनएम टर्क उत्दापन गर्न सक्छ । एकपटक चार्ज गरेपछि ४३० किलोमिटर सवारी भर्न सक्ने गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । गाडीमा लिथियम आयोन फोस्फेट ब्याट्री प्रयोग गरिएको छ ।२४.६ इञ्‍च फराकिलो डिस्प्ले जडित गाडीमा इलेक्ट्रिक सनरूफ छ । गाडीभित्र सोनीका ड वटा स्पीकर राखिएको छ भने ५० वाटको वायरलेस चार्जर सुविधा पनि उपलब्ध छ । मूल्य र आकारका हिसाबले समानजस्तो देखिने यो गाडी चिनियाँ ईभी उत्पादक बीवाईडीको एटो थ्रीको विकल्प बन्ने देखिएको छ ।

Omoda-5-EV

३ महिना अगाडि

प्रतिक्रिया