काठमाडौँ - आज सोमबारका दिन देशभरका फिल्म हल बन्द गरिने भएको छ । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका फिल्म हलहरू एकैसाथ बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहित विपरीत थप कर लगाइएको भन्दै आपत्ति जनाएको छ ।
त्यस्तै चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने बताएको छ । सरकारले अव्यवहारिक रुपमा लगाएको कर तत्काल फिर्ता गर्न माग गरेको छ ।
प्रतिक्रिया