बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफामा गिरावट, १७.५९ प्रतिशतले खर्च बढ्यो

२ महिना अगाडि

काठमाण्डौ। बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले दोस्रो त्रैमाससम्मको अपधिमा नाफामा ६१.३९ प्रतिशतको गिरावट आएको छ । 

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्मको अवधिमा ८४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने १२.५५ प्रतिशतले बढ्दै ९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च १ करोड ३१ लाख रुपैयाँ र कुल खर्च भने ३ करोड ६१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.५९ प्रतिशतले बढी  हो ।  

त्यस्तै कम्पनीको वित्त आम्दानीमार्फत ५ करोड १० लाख कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५३.२६ प्रतिशतले बढी हो । कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५५.२९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २७२.११ गुणा,तरलता अन्पात ५४.३० गुणा र प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ कायम भएको छ।  

२ महिना अगाडि

प्रतिक्रिया