साताको भरमा सुनको मूल्यमा कमी, कुन दिन कस्तो रह्यो कारोबार ?

शनिबार, ०५ फागुन २०८०, ०९ : ०५

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मुल्यमा उतार चढाव आएको छ । साताभरमा भएको सुनको कारोबामा तोलामा ९०० रूपैयाँले घटेको छ।

साताको पहिलो दिन आइतबार,प्रतितोला एक लाख १८ हजार रुपैयाँ तोकिएको थियो । सुनको मुल्य साताको तेस्रो दिन १ लाख १७ हजार ७०० रूपैयाँमा झरेको थियो। त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार सुनको भाउ फेरि उकालो लागेर तोला कै एक लाख १७ हजार १०० रूपैयाँ कायम भयो। यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रतितोला ९०० रुपैयाँले कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने बढेको छ। आइतबार प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको चाँदीको मुल्य फागुनको पहिलो दिन बढेर एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, फागुनको दोस्रो दिन चाँदीको भाउ सामान्य घटेर प्रतितोला एक हजार ३६५ रूपैयाँमा झरेको थियो । 

अन्तिम कारोबार भएको दिन शुक्रबारसम्म बढेर चाँदी प्रतितोला एक हजार ४१० रूपैयाँ तोकियो । यसरी यस साता चाँदी प्रतितोला २० रूपैयाँले महंगिएको छ । यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मुल्यमा सामान्य कमी आएको बिश्लेषकहरुको आँकलन छ ।

शनिबार, ०५ फागुन २०८०, ०९ : ०५

प्रतिक्रिया