रोयल इनफिल्ड सटगन लञ्च हुने तयारीमा, यस्ता छन् फिचर :

२ महिना अगाडि

काठमाडौँ- यस वर्ष लञ्च हुन लागेको रोयल इनफिल्ड सटगन ६५० बहुप्रतिक्षित बाइक हो । यो बाइक सन् २०१८ मा लञ्च भएको ६४८ सीसी प्यारालाल–ट्विइन फ्यामेलीको नयाँ डेरिभेटिभ हो ।  

यो नयाँ ६५० सीसी रोयल इन्फिल्ड पुरानो सिंगल सिलेण्डर इन्जिनको तु्लनामा इन्जिनियरीङ,स्थिरता र राइड जस्ता सबै पक्षमा उत्कृष्ट रहेको छ ।  रोयल इनफिल्डले दुईवटा नयाँ ६५० बाइक ल्याउन लागेको छ । यसमध्ये एउटा सुपर मेटिओर र अर्को सटगन ६५० हो ।  स्टिल टुबुलर स्पाइन फ्रेमले बनेको सटगन ६५० मा ५७ इन्चको ह्वीलवेस र २५.३ डिग्रीसहितको रेक एंगल मिरर रहेको छ । ३।६ ग्यालन फ्युल टयांकीले यो बाइकलाई आफ्ना प्रतिष्पर्धीभन्दा भिन्न बनाउँछ ।  

५३० पाउण्ड तोल भएको सटगन ६५० ले ७ हजार २५० आरपीएम र ४७ हर्सपावर जेनेरेट गर्न सक्छ । यो बाइकको उचाई ३१.२ इन्च रहेकाले सबै उचाईका यात्रुलाई चढ्न सजिलो हुने कम्पनीले जनाएको छ । यो बाइकको सुरुवाति मूल्य ६ हजार देखि ७ हजार डलर अनुमान गरिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया