होन्डाको एसपी १२५ बीएस६ मोटरसाइकल  को बिक्री प्रारम्भ

२ महिना अगाडि

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोटरसाइकल एसपी १२५ बीएस६ को बिक्री प्रारम्भ गरेको छ । केही समयका लागि सो मोटरसाइकलको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

केही दिन पहिले देखि बुकिङ खुला गरिएको सो मोटरसाइकल अब डेलिभरी समेत हुने भएको छ ।
ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध हुने सो बाइक मध्ये डिस्क भेरिएन्टको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ हुनेछ । 

कम्पनीले सो मोटरसाइकल १२५ सीसीमा आउने सबैभन्दा प्रिमियम मोटरसाइकल भएको जनाएको छ । यसमा एलईडी हेडलाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कट अफ र साइलेन्ट स्टार्टर जस्ता फिचर रहेका छन् ।

ह्यान्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्विचले यात्रा सहजपूर्ण बनाउनुका साथै गुणस्तरीय एलइडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा सुरक्षाको प्रत्याभूति दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यसको पछिल्लो भागमा भएको फराकिलो टायरका साथ उपलब्ध हुने एड्भान्स्ड ट्रयाक्सनले बेटर ब्रेकिङका साथ सेफ्टी प्रदान गर्छ । बाइकको एड्भान्स्ड लुक र एड्भान्स्ड डिस्प्लेले अन्य बाइक भन्दा फरक देखाउछ ।

बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०।९ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया