नेपाल आयो टेस्ला मोडल–३ को फेसलिफ्ट, कस्ता छन् फिचर ?

विहीबार, १० फागुन २०८०, १५ : ३१

काठमाडौं– टेस्ला मोडल–३ को फेसलिफ्ट नेपाल आएको छ । अरेट इन्टरनेश्नलले आज एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल–३ को २०२४ भर्सन सार्बजनिक गरेको हो । कम्पनीले यसको मूल्य १ करोड ३५ लाख निर्धारण गरेको छ ।

टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको मोडल–३ लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्कृष्ट रहेको बताइएको छ । विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल ठूलो परिमार्जनसहित नेपाल आएको कम्पनीका सिइओ विनोद श्रेष्ठले जानकारी दिए । ३६० डिग्रीको दृश्य देख्न सकिने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बड़ी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ जस्ता विशेषताका कारण नयाँ मोडलले विश्वभर चर्चा पाउन सफल रहेको बताइएको छ ।

कूलिङ सहितको भेन्टिलेटेड सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर रहेको कम्पनीले जनाएको छ । एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको कारमा एडास लगायत अन्य प्रशस्तै सेफ्टि फिचर पाउन सकिन्छ ।

कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ । यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा कुनैपनि बटम नदिएको कारमा कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ । गियर सिफिट्ङि, इण्डिकेटर प्रयोग लगायत का फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इन्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ ।

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ । सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ ।

विहीबार, १० फागुन २०८०, १५ : ३१

प्रतिक्रिया