दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिङ सडक आजदेखि खुला

२ महिना अगाडि

काठमाडौँ। तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरु भएसँगै दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिङ सडक आजदेखि खुला भएको छ । 

नाग ढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिङ) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दिएको जानकारी अनुसार पहाड काट्ने काम लगभग अन्तिम चरणमा पुगेको र गाडी नै बन्द गर्नुपर्ने अवस्था रहेको कारण आजदेखि बाटो खुला गर्ने निर्णय गरेको बताएका छन् । 

 “अब पहाड काट्न एक र दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, आचार्यले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । 

साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटर मात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरु गरिएको थियो ।
 

२ महिना अगाडि

प्रतिक्रिया