रोयल इन्फिल्डको हन्टर कार्निभल सम्पन्न

२ महिना अगाडि

काठमाडौँ - रोयल इन्फिल्डले हन्टर कार्निभल “राइड एण्ड भाइव” थिममा कार्यक्रम आयोजना गरेको थियो ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. लेहाल सालैबजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यहि फागुन १२ गते इजीवे ट्रायल सेन्टर, संखमुल मा सम्पन्न भएको थियो। यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्लगायतका कार्यक्रमहरु भएकोथियो भने यस कार्यक्रममा १२००ं जना सहभागी भएका थिए ।

रोयल इन्फिल्ड “हन्टर राइड एण्ड भाइव स्लो रेस कम्पिटिसनका बिजयी प्रथम स्थानमा सन्जय बुदाथोकी, दोस्रोस्थानमा राम भण्डारी र तेस्रो स्थानमा आर्जित श्रेष्ठ हुनु भएको छ भने उहाँहरुले मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेट लगायतका सामानहरु पाउनु भएको थियो।

२ महिना अगाडि

प्रतिक्रिया