सेरेसको थ्रि एस सुविधासहितको शोरुम बृटबलको कालीका नगरमा

२ महिना अगाडि

काठमाडौँ- विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बृटबलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ ।

कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्स सँग साझेदारी गरेको हो ।शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष  हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे  लगाएतले सोरुमको  उदघाटन गरेका थिए । रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय  हुने बिश्वास ब्यक्त गरे  ।  
  शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई  इएम  मोटर्सले सेरेस थ्रि  इभी  गाडी हस्तान्तरण गरेको छ । 
सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।
 

२ महिना अगाडि

प्रतिक्रिया