स्कोर्पियोको नयाँ भर्सन बजारमा आउँदै

२ महिना अगाडि

काठमाडौँ - महिन्द्राले ‘स्कोर्पियो एक्स’ ट्रेडमार्क नाम दर्ता गरेको छ । यसका आधारमा महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने स्कोर्पियोको नयाँ मोडल स्कोर्पियो एक्स हुने अनुमान गरिएको छ ।महिन्द्राले गत वर्ष ग्लोबल पिकअप कन्सेप्ट सोकेश गरेको थियो । त्यसैगरी भविष्यमा स्कोर्पियो लाइनअपमा यसका धेरै मोडल उपलब्ध हुने बताइसकेको छ । यसका आधारमा अब महिन्द्राले आगामी दिनमा स्कोर्पियो एक्स बजारमा ल्याउने अनुमान गरिएको छ ।

गत वर्ष महिन्द्राले दक्षिण अफ्रिकामा स्कोर्पियो कन्सेप्ट सार्वजनिक गरेको थियो । आन्तरिक रुपमा यसलाई जेड१२१ नाम दिइएको थियो । स्कोर्पियो एक्स सन् २०२५ मा बजारमा आउने र यो महिन्द्राको नेक्स्ट जेनेरेसन ल्याडर फ्रेम प्ल्याटफर्ममा आधाारित हुनेछ । यो ग्लोबल एनक्याप र युरो एनक्यापमा राम्रो पर्फमेन्स गर्ने तरिकाले डिजाइन गरिने छ ।

सो गाडीमा लेवल २ अटोनोमस ड्राइभिङ, सेमी–अटोमेटिक पार्किङ र फाइभजीमा आधारित कनेक्टिभिटी फिचर हुनेछ । त्यसैगरी यसमा सनरुफ समेत हुनेछ ।एम–हक डिजेल इन्जिनमा उपलब्ध हुने स्कोर्पियो एनमा फोर ह्विल ड्राइभ लगायतका विभिन्न फिचर हुनेछन् । त्यसैगरी यसलाई नर्मल, ग्रास–ग्राभेल–स्नो, मड–रट र स्यान्ड गरी चार मोडमा चलाउन सकिने छ ।

२ महिना अगाडि

प्रतिक्रिया