‘जीहो एक्सचेञ्ज एन्ड अपग्रेड मेनिया’ आयोजना गरिदैँ, के छ विशेषता ?

२ महिना अगाडि

काठमाडौँ - सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘जीहो एक्सचेञ्ज एन्ड अपग्रेड मेनिया’ आयोजना गर्ने भएको छ ।भोलि मंगलबारदेखि आफ्नो नक्साल, नारायणचौरस्थित शोरुममा सुरू हुने सो चारदिने क्याम्प आगामी बिहीबारसम्म चल्ने छ ।रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी लिएसँगै बजार र ग्राहकको आवश्यकता अनुरुप अगाडि बढाउने लक्ष्य लिएको र त्यसबाट प्रेरित भएर बिक्री र बिक्री पछिको सेवालाई विशेष ध्यान दिदै आफ्ना योजनाहरु द्रुत गतिमा अगाडि बढाएको बताएको छ ।

सेन्टरले आफ्नो ईभी स्कुटर जीहो ब्रान्डको उच्चतम प्रविधि, डिजाइन र फरक विशेषताको वारेमा धेरै ग्राहकलाई जानकारी प्रदान गर्नका लागि उपत्यका भित्रका विभिन्न स्थान, कर्पोरेट हाउस, कार्यालय, आईटी कम्पनी, मल आदिमा प्रोडक्ट डिस्प्ले गर्नुका साथै टेस्ट राइड जस्ता कार्यक्रम समेत उपलब्ध गराउदै आएको छ ।यसै सन्दर्भमा ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ ४ दिने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागेको सेन्टरको भनाइ छ । ग्राहकले एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा आफ्ना पुराना बाइक वा स्कुटरको प्रतिस्पर्धात्मक मूल्यांकन गराउने र स्पट फाइनान्सका साथै बजार मूल्यांकनमा थप २५ हजार सम्म उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । यी विभिन्न सुविधाका साथ ग्राहकले प्रत्येक खरिदमा निस्शुल्क हेलमेट र आकर्षक उपहार समेत प्राप्त गर्नेछन् ।


नेपाली बजारमा हाल जीहो ब्रान्डका एई६ प्लस र एई८ गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन् । कम्पनीले बिक्रीका लागि उपलब्ध गराएका यी दुई मोडलमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम(बीएमएस) जस्ता विशेषताहरु उपलब्ध छन् ।जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । त्यसैगरी एई८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड–माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

२ महिना अगाडि

प्रतिक्रिया