रेनो–५ ‘जेनेभा मोटर शो २०२४’ सार्वजानिक

२ महिना अगाडि

काठमाडौं-  रेनो–५ ‘जेनेभा मोटर शो २०२४’मा सार्वजनिक भएको छ । कम्पनीले आफ्नो नयाँ ह्याचव्याक कारलाई दुई ब्याट्री अप्सनमा ल्याएको हो ।

कम्पनीले यसमा ४० किलोवाट आवर र ५२ किलोवाट आवरको दुई ब्याट्री अप्सन प्रदान गरेको छ । यी दुई ब्याट्रीले प्रदान गर्ने रेन्जमा १०० किलोमिटरको फरक रहेको डब्लूएलटीपी परिक्षणले देखाएको छ । सर्ट रेन्ज मोडलले ३०० किलोमिटर र लङ रेन्ज मोडलले ४०० किलोमिटर रेन्ज प्रदान गर्छ ।

कम्पनीको अनुसार ठूलो साइजको ब्याट्री प्याकमा ४६ सेल र सानो साइजको ब्याट्रीमा ३१ सेल मात्रै प्रयोग भएको छ । सानो ब्याट्रीमा तुलनात्मक रुपमा ठूलो सेल प्रयोग भएको हो । रेनोले आफ्नो नयाँ सहरी क्षेत्र केन्द्रित मोडलको ठूलो ब्याट्री भएको कारको कुल तौल १ हजार ४५० किलोग्राम रहेको जनाएको छ । जुन सामान्यतया पेट्रोल कारको हाराहारी नै हो । रेनो–निसानको सीएमएफ बीईभी प्लेटफर्ममा बनेको यो ईभीको लम्बाई ३९२० एमएम, चौडाई १७७० एमएम र उचाई १५४३ एमएम छ । जुन बजारमा चल्तीका सब फोर मिटर कार बराबरको हो । फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध कारमा तीन मोटर अप्सन पाउन सकिन्छ । रेनोले ७०, ९० र ११० किलोवाट क्षमताका फरक मोटर अफर गरेको हो । कम्पनीले ७० र ९० किलोवाट क्षमताको मोटर ४० किलोवाट आवरको ब्याट्रीसँग दिएको हो भने ५२ किलोवाट आवरको ब्याट्रीसँग ११० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।

गज्जब कुरा के छ भने यसको ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । सामान्य अवस्थामा नै एसी चार्जरको प्रयोगबाट ४ घन्टाभन्दा कम समयमा फुल चार्ज गर्न सकिन्छ । साथै १०० किलोवाट क्षमतासम्मको डिसी चार्जर पनि यसले सपोर्ट गर्छ ।
टप भेरियन्टमा भिटुएल सपोर्ट गर्ने बनाइएको छ । कम्पनीले फ्रान्स र जर्मनीमा यहि वर्षबाट बिक्री सुरु गर्दैछ भने अन्यदेशमा २०२५ बाट बिक्री सुरु गर्ने जनाएको छ । बेलायतमा बिक्री सुरु भएसँगै यो कार नेपाल आउन सक्नेछ ।

कम्पनीले नयाँ कारलाई ट्रेडिसनल डिजाइन एलिमेन्टमा मोर्डन फिचरहरूको समिश्रण दिएर तयार पारेको हो । रेनो(५ लाई कम्पनीले फ्रेन्च कारको रूपमा प्रस्तुत गरेको छ । यो ईभीको रियर भ्यू मिरर र लाइटहरुमा फ्रेन्च झण्डा इम्बोस्ड गरिएको छ । साथै रियर लोगोमा, ह्वीलमा तथा साइड ग्रिडमा फाइभ ९५० को सिम्बोल मार्क गरिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया