काठमाडौँ- खोलालाई भगवानको रूपमा सामूहिक पुजा गर्दै माझी समुदायले मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका छन्। हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर देशका विभिन्न स्थानका माझिहरुले भव्य रूपमा यो पर्व मनाएका छन् ।
आज फागुन १५ गते आफ्नो धर्म,संस्कार र संस्कृतिको जगेर्ना गर्नै अभिप्रायले मेलम्ची नगरपालिका वडा न १२ मा कोशी पुजा संरक्षण समिती तथा जालपादेवि माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सहयोगमा कोशी ( लदि ) पुजा भएको छ ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ का माझीहरूले आफ्नो महान पर्व मनाउन घर, आँगन लिपेर चिटिक्क पारेका थिए। माझी बस्ती जाल्पादेवि नजिकैको माझि गाउँ र इन्द्रावति खोलाको दोभानमा मौलिक पोसाकमा भेला भएर उनीहरूले खोलालाई सामूहिक पुजा गरे। विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका नेपालका जातजातिमध्ये अति सीमान्तकृत माझी समुदायले सिन्धुपाल्चोकमा चार वर्षदेखि कोशी पर्व मनाउन थालेका हुन्।
वर्षौपछि आफ्नो मौलिक पर्व भव्य रूपमा मनाउन पाउँदा वृद्धवृद्धादेखि युवापुस्तासँगै बालबालिका पनि हर्षित थिए। स्थानीय माझी अगुवाले देशमा परिवर्तनसँगै आफ्नो मौलिक परम्परा, संस्कृतिको खोजी गरेर मनाउन थालेको बताए। ‘प्रकृति नै पानीबाट सिर्जना भएको विश्वास हामी माझी समुदायले गर्छौं’, उनले भने, ‘हामीले कुनै समस्या परेमा खोलालाई नै पुकार्छौं। पूजा गर्छौं।’
उक्त पुजाँ मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिकाका उप प्रमुख श्री उमा प्रधानज्युको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
लदि पुजाका तस्बिरहरु :









प्रतिक्रिया