काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको पाँच लाख १३ हजार ३२५ कित्ता संस्थापक समूहको शेयर आज (फागुन १६ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ।
एनआईसी बैंकले न्यूनतम मूल्य २०८ रुपैयाँ प्रति कित्तामा विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको जनाएको छ । यसमा खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी न्यूनतम एक हजार कित्ता र सो भन्दा बढीमा १० ले भाग जाने सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २७ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया