काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक साता विद्युत सेवा अवरुद्ध

कुन स्थानमा कुन दिन कुन समयसम्म विद्युत् सेवा अवरुद्ध हुन्छ ?

बुधबार, १६ फागुन २०८०, ०८ : ४०

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेको कारण एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले एक सूचना मार्फत जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार आजदेखि आउदो फागुन २२ गतेसम्म विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ । आज बालुवाटार फिडरको विद्युत सेवा अवरुद्ध हुनेछ । यसबाट महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

बुधबार, १६ फागुन २०८०, ०८ : ४०

प्रतिक्रिया