काठमाडौँ - मर्जर प्रस्ताव पारित सहित जाल्पा सामुदायिक र किसान लघुवित्तले आगामी चैत ९ गते साधारण सभा डाकेका छन् ।
जाल्पा सामुदायिकको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । यता, किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ ।
यी दुवै कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन् । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ ।
त्यस्तै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ भने जाल्पाको फागुन २४ गते बुक क्लोज हुनेछ
प्रतिक्रिया