काठमाडौं - आगामी चैत्र महिना ९ गते शिखर इन्सुरेन्सले वार्षिक साधारण सभा डाकेको छ।
सभा इन्सुरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । यसले लाभांश बिना नै साधारण सभा डाकेको हो । यसअघि नै सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०७९– ८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ ।
फागुन २४ गतेसम्म कायम शेयर धनीले सभामा भाग लिन पाउनेछन् । फागुन २५ र २६ गते क्रमशः शुक्रवार र शनिवार परेकाले सेयर कारोबार हुँदैन ।

प्रतिक्रिया