सुनको मुल्य रेकर्ड उन्मुख, आज कतिमा हुदैँछ कारोबार

आइतबार, २० फागुन २०८०, ११ : ०४

काठमाडौं- साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन छापावाला मूल्य प्रतितोला १ लाख १९ रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ २० रुपैंयाले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भईहरको छ ।

 

आइतबार, २० फागुन २०८०, ११ : ०४

प्रतिक्रिया