काठमाडौँ । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ।
६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोसी प्रदेशलाई लुम्बिनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसै गरी सुदूरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । आजको सेमिफाइनल खेलका विजेताहरू भोली हुने फाइनल खेलमा दुई टिम भिड्ने छ।
सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा पोखरा रङ्गशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
आजको लिग चरणको खेलमा पुरुषतर्फको खेल भने नसकिएको आयोजकले जानकारी दिएको छ। विकास शिल्ड सुन्दर ढोका साथी सेवाका संस्थापक कार्यकारी निर्देशक स्व.विकास अधिकारीको जीवन र गवाहीप्रति समर्पित छ ।
प्रतिक्रिया