६ . ८ प्रतिशतले भारतीय अर्थतन्त्र बढ्ने प्रक्षेपण

२ महिना अगाडि

काठमाडौँ - यो वर्ष भारतको अर्थतन्त्र ६ .८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विश्वव्यापी रेटिङ एजेन्सी मुडिजले सोमवार वृद्धि प्रक्षेपण यसअघिको ६ . १ प्रतिशतबाट बढाएर ६ . ८ प्रतिशतमा पुर्‍याएको हो । सन् २०२३ को आर्थिक तथ्याङ्क अपेक्षाकृत मजबुत रहेको अनि कारखाना क्षेत्रको गतिविधि बढिरहेको र पूर्वाधार क्षेत्रमा उच्च खर्चतर्फ औँल्याउँदै एजेन्सीले वृद्धि प्रक्षेपण बढाएको हो । मुडिज को पछिल्लो प्रक्षेपणअनुसार भारत जी–ट्वान्टी देशहरूमध्ये सबैभन्दा उच्च दरमा बढ्ने अर्थतन्त्र हुनेछ । सन् २०२३ को अन्तिम त्रैमासमा भारतको जीडीपी वार्षिक ८ . ४ प्रतिशतले बढेको थियो भने वर्षभरको वृद्धिदर ७ .७ प्रतिशत थियो । सन् २०२५ मा भने भारतीय अर्थतन्त्र ६ . ५ प्रतिशतले बढ्ने अनुमान मुडिज को छ । जीएसटी सङ्कलनमा भइरहेको वृद्धि, सवारी साधनको बिक्रीमा देखिएको बढोत्तरी, दोहोरो अङ्कले बढिरहेको ऋण आदि सबैले सहरी क्षेत्रमा उपभोक्ता माग लचिलो बनेको मुडिजको भनाइ छ ।

२ महिना अगाडि

प्रतिक्रिया