काठमाडौँ - कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो ।
फिल्ममा आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय छ । हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको हो । फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
प्रतिक्रिया