वुलिङ बिंगो ईभी अब नेपालमा

सोमबार, ०७ जेठ २०८१, १८ : १८

काठमाडौं - इन्डोनेसियन ब्रान्ड वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभी सार्वजनिक गरेको छ । यसको   मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री गर्ने भएको हो।

यो नयाँ कारमा ३१.९ किलोवाट आवरको लिथियम फेरो-फस्फेट ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३३० किलोमिटर रेन्ज दिने दावी छ । साथै कारमा ५० किलोवाट क्षमताको पीएमएसएम मोटर राखिएको छ । उक्त इलेक्ट्रिक मोटरले ६७ पीएस पावर र १५० एनएम टर्क जेनेरेट गर्दछ । कारको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको सो नयाँ कारलाई एसी चार्जरको साहयतामा ५.५ घण्टामा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरले ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको बिंगोमा पूर्णतः एलईडी लाइट राखिएको छ । कारमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, सेरामिक ग्लेज इन्टेरियर, डुअल फ्रन्ट एयरब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबीएस, ईबीडी, ईएसी र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।
 

सोमबार, ०७ जेठ २०८१, १८ : १८

प्रतिक्रिया